पछिसम्म मिलेर जाने प्रधानमन्त्रीको प्रष्टोक्ति

पछिसम्म मिलेर जाने प्रधानमन्त्रीको प्रष्टोक्ति

वैशाख ३० को स्थानीय तह चुनाव मिलेर लड्ने तयारीमा रहेको सत्तारुढ पाँचदलीय गठबन्धनले गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्न नपाउने गरी मोडालिटी बनाएको छ । रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पाँच दलबाहेककासँग मिल्न नपाउने कडा व्यवस्थासहित तालमेलको मापदण्ड बनाएर आजको गठबन्धन बैठकमा पेश गरेको हो ।

पौडेल नेतृत्वको समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीवारे सुझाव दिएको र भोलि बस्ने बैठकबाट निर्णय गरेर सबै तहका संयन्त्रहरुलाई सर्कुलर गर्ने तयारी छ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच राजनीतिक सहकार्य आवश्यक भएकाले पाँचदलीय गठबन्धनभन्दा बाहिर गएर तालमेल नगर्न शीर्ष नेताहरु पनि सहमत भैसकेका छन् । कुनै ठाउँमा गठबन्धनका सबै दल मिल्न नसक्ने अवस्था देखिए बाँकी दलहरुबीच तालमेल गर्न सक्ने खुकुलो प्रावधान पनि मोडालिटीमा राखिएको बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरुले तीनै तहको चुनावमा मिलेर जानुपर्नेमा विशेष जोड दिएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार चुनावी तालमेलबारे निकै प्रष्ट र सकारात्मक रुपमा प्रस्तुत हुनुभएका देउवाले गठबन्धनमा हार्दिकतापूर्ण सम्बन्ध र सम्मानजनक भागबण्डा गर्नुपर्ने बताउनुभएको थियो । उहाँले प्रदेश र संघको चुनाव पनि मिलेरै लड्नुपर्ने धारणा राख्नुभयो ।

‘यो निर्वाचन प्रणालीमा कुनै पनि दलले एकल बहुमत ल्याउने अवस्था नभएकाले संघ र प्रदेशको चुनावमा समेत मिलेर जानुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । त्यसका लागि स्थानीय तहमा हार्दिकतापूर्वक जानुपर्छ भन्ने कुरा गर्नुभयो’,

‘यो निर्वाचन प्रणालीमा कुनै पनि दलले एकल बहुमत ल्याउने अवस्था नभएकाले संघ र प्रदेशको चुनावमा समेत मिलेर जानुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । त्यसका लागि स्थानीय तहमा हार्दिकतापूर्वक जानुपर्छ भन्ने कुरा गर्नुभयो’,ती नेताले भने।

त्यसअघि बैठकमा प्रस्ताव पेश गर्दै समितिका संयोजक पौडेलले पनि हार्दिकतापूर्वक चुनावी सहकार्यमा जोड दिनुभएको थियो । पौडेलले पेश गरेको तालमेलको मोडालिटीमा महानगर र उपमहानगरका उम्मेदवार गठबन्धनको केन्द्रीय संयन्त्रबाट सहमतिका आधारमा टुंगो लगाउने भनिएको छ ।

त्यस्तै, नगरपालिकाहरुको हकमा गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले र गाउँपालिकाको सिट भागबण्डा जिल्ला तहको संयन्त्रले गर्नेछ । वडाध्यक्ष र सदस्यहरुको भागबण्डा गठबन्धनको निर्णय क्षेत्रीय तहको संयन्त्रले गर्ने प्रस्ताव गरिएको छ । भागबण्डा गर्दा दलहरुको अवस्थालाई ध्यानमा राखेर आपसी छलफल र समझदारीका आधारमा टुंगो लगाउनुपर्ने पनि पौडेलको प्रस्ताव छ ।

गठबन्धनको विपक्षमा अभिव्यक्ति दिँदै आउनुभएका कांग्रेस महामन्त्री गगन थापाले पनि आजको बैठकमा पाँचदलीय सहकार्यलाई पछिसम्म कायम राख्नुपर्नेमा जोड दिनुभएको बताइन्छ । थापाले पनि प्रधानमन्त्री देउवाले जस्तै प्रदेश र संघको चुनावमा पनि मिलेर जानुपर्ने आवश्यकता रहेकाले अहिलेबाटै त्यसअनुसारको गठबन्धनमा राम्रो सम्बन्ध बनाएर जानुपर्ने धारणा राख्नुभएको बैठकमा सहभागी उनै नेताले बताए ।

गठबन्धन बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनका विषयमा पनि कुरो उठेको थियो । बैठकमा सहभागी केही नेताले गभर्नर हटाउन पर्नुका औचित्य र आवश्यकताबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवा बोल्नुभएको थियो । उहाँले धेरै भूमिका नबाँधिकन सरकारलाई असहयोग गरेर गभर्नर अधिकारीले आफ्नो कर्तव्य भुलेपछि उनीमाथि छानविन गर्न परेको प्रस्ट पार्नुभयो ।

‘कमसेकम नियुक्त भएका मान्छेले सरकारलाई सहयोग गर्ने उसको कर्तव्य हो । तर,उनले सहयोग गरेनन् त्यसकारण छानविन गर्नु परेको हो’, प्रधानमन्त्रीले बैठकमा भनेको कुरा उदधृत गर्दै सहभागी ती नेताले भने । उनका अनुसार प्रधानमन्त्रीले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि गठबन्धन दलका नेताहरु बसेर छलफल गर्ने पनि बताउनुभएको छ ।

टिप्पणीहरू