पूर्वजनमुक्ति सेनाका दर्जनौँ कमान्डर खुमलटारमा

पूर्वजनमुक्ति सेनाका दर्जनौँ कमान्डर खुमलटारमा

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दर्जनौं नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लव समूहका केन्द्रीय सदस्यसहित पूर्वबटालियन तथा कम्पनी कमाण्डरहरु, प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा लागेका हुन् ।

आफ्नै निवास खुमलटारमा आज आयोजित ध्रुवीकरण कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । नवप्रवेशीहरुलाई स्वागत गर्दै उहाँले राजनीतिक परिवर्तन उल्त्याउन चाहाने प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्न माओवादी घटकहरु बिचको एकता अपरिहार्य भएको बताउनुभयो ।

पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै प्रचण्डले जनयुद्धकाे गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिनुभयाे । जनयुद्दकालदेखिका कतिपय प्रशंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको र समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरुलाई ध्रुबीकरण हुन अपील गर्नुभयाे ।

उहाँले विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्नेसमेत बताउनुभयाे ।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताए । माओवादी केन्द्रमा समाहित हुँदै विप्लवका केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको दाबी गर्नुभयो ।

‘हामी नेपाली जनयुद्धलाई अगाडि बढाउन क्रममा जसरी लामबद्ध भएर अगाडि गयौं, पछिल्ला दिनहरुमा हाम्रा अभियानहरु क्षतविक्षत अवस्थामा पुगेको अनुभूति गरेका छौं, प्रतिक्रियावादीहरुले सिँगो माओवादी आन्दोलनलाई कमजोर बनाउन धावा बोलिरहेका छन्’, उहाँले भन्नुभयाे, ‘अब पूर्वमाओवादीहरु माओवादी धारामा केन्द्रीत भएर प्रतिक्रियावादीविरुद्ध चट्टान भएर खडा हुनुपर्छ ।’

भट्टराईले अधुरो क्रान्ति पूरा गर्ने नाममा विप्लव पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमा १२ जनाको सहादत भएकोले उहाँहरुलाई सहिद घोषणा गर्न पहल गरिदिन प्रचण्डलाई आग्रह पनि गर्नुभयो ।

विप्लव समूह परित्याग गरी माओवादी केन्द्रमा लाग्नेहरु
क. श्रवण,
क. मुक्ति,
क. राप्ती,
क. पुकार, पूर्व जिल्ला इन्चार्च तथा व्यूरो सदस्य
क. पर्वत, घाइते अपांग योद्धा संघ
क. आवश्यकता ,पूर्व ब्यूरो सदस्य तथा संविधान सभा सदस्
क. क्षितिज, पूर्व ब्यूरो सदस्य
क. बिहानी, पूर्व बटालियन कमाण्डर
क. करण, पूर्व कम्पनी कमाण्डर
क. सोपान, पूर्व कम्पनी कामाण्डर
क. रविन, पूर्व कम्पनी कमाण्डर
क. जनक सिंह, वकिल
क. दोभान, पूर्व ब्यूरो सदस्य
क. मोहित, पूर्व कम्पनी कमाण्डर
क. कृष्ण बिक पूर्व अध्यक्ष दलित मोर्चा
क. रण ब. भण्डारी शिक्षक संगठन
क. दीपक भण्डारी पूर्व के.स अखिल क्रान्तिकारी
क. तुफान पूर्व कम्पनी भिसी
क. भक्त वयक जिल्ला सदस्य पार्टी
क. संगम पूर्व कम्पनी भिसि
क. राजकुमार पूर्व कम्पनी भिसि
क. विष्णु तिमिल्सिना पूर्व प्लाटुन कमाण्डर
क. सर्वजित रावल पूर्व प्लाटुन कमाण्डर
क. ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटि सदस्य
इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा
क. बुद्ध गुरु.ग पूर्व जिल्ला सदस्य धादिंग
क. चेरोंग तामांग रसुवा पूर्व जिल्ला सदस्इ
क. देव तामा विशेष फोर्स सदस्य
ज्ञानु बम नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य
हरि नेपाली केन्द्रीय सदस्य

टिप्पणीहरू