तालमेल मुलुकको निम्ति हितकर नरहेको गगन थापाको ठहर
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनका पाँच दलबीच आगामी स्थानीय तहको निर्वाचनमा हुन लागेको तालमेल हितकर नरहेको बताएका छन् । उनले नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा हिजो बोल्दै स्पष्टसँग तालमेलको विपक्षमा धारणा राखेका हुन् ।
उनले गठबन्धनको संयन्त्रमा देशभर तालमेलको छलफल भएकाले त्यो त्यति हितकर नभएको उल्लेख गरे । भने, ‘कुराकानी मिले तालमेल हुन्छ । मिलेन भने तालमेल हुँदैन । तर चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नहुने मेरो ठहर हो ।’
थापाका अनुसार नेपाली काँग्रेसले हिजोका दिनमा जितेका स्थानीय तह सबै र बाँकी स्थानमा दामासाहीले भागबण्डा लगाउने हो भने मात्र तालमेलको अर्थ हुने छ ।
टिप्पणीहरू