शताव्दीपुरुष सत्यमोहन जोशीकाे स्वास्थ्यमा सुधार

शताव्दीपुरुष सत्यमोहन जोशीकाे स्वास्थ्यमा सुधार

संस्कृतिविद् तथा शताव्दीपुरुष सत्यमोहन जोशीलाई फेरि अस्पताल भर्ना गरिएको छ । उहाँको मुटुको चालमा गढबढी देखिएपछि हिजो किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको हो ।

उहाँलाई आज अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार थालिएको अस्पतालले जनाएको छ । किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको छ ।उहाँलाई यसअघि गत फागुनमा पनि सोही अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । आज हिजोको भन्दा स्वास्थ्यमा सुधार भएको बताइएको छ ।

टिप्पणीहरू