चिनियाँ राजदूत छङ्तु हुँदै बेइजिङ प्रस्थान

चिनियाँ राजदूत छङ्तु हुँदै बेइजिङ प्रस्थान

तीन बर्षको कार्यकाल पूरा गरेर नेपालका लागि चिनियाँ राजदूत छेन सोङ आज सिचुआन प्रान्तको राजधानी छङ्तुतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ दिउँसो पौने १ बजे सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिआनफु अन्तर्राष्ट्रिय विमानस्थल जानुभएको हो । 

राजदूतसँगै श्रीमती याङ चिहोङ र छोरा छन सिकुन पनि छन् । यसअघि राजदूत छनले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार बिदाइ भेट गर्नुभएको थियो । 

प्रधानमन्त्री सुशीला कार्कीसँग गत साता सिंहदरबारमा भएको भेटघाटमा आफू कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेको जानकारी दिनुभएको थियो ।
 

टिप्पणीहरू