राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने तयारी
मन्त्रिपरिषद्को गत चैत २५ गतेको निर्णयानुसार विभिन्न देशमा रिक्त रहेका नेपाली राजदूतहरुको नियुक्तीअघि गरिने संसदीय सुनुवाई प्रक्रिया थालिने भएको छ । हिजो सिंहदरबारस्थित संसद सचिवालयमा ससदीय सुनवाई समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
हिजो बिहान पौने १२ बजेदेखि करिब २० मिनेट बसेको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाई गर्न आवश्यक तयारी गर्ने निर्णय गरेको बताइन्छ ।
यसैबीच सरकारले दक्षिण कोरियाको निम्ति राजदूत सिफारिस गरिएकी ज्योति भण्डारी प्याकुरेलविरुद्धको फौजदारी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको समाचार बाहिरिएको छ । ज्योतिविरुद्ध सरकारवादी उक्त मुद्दा प्रतिलिपिअधिकार चोरी सम्बन्धी हो ।
टिप्पणीहरू