एमालेले उपत्यकामा ३ जना संयोजक तोक्यो

एमालेले उपत्यकामा ३ जना संयोजक तोक्यो

नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको निम्ति काठमाडौं, ललितपुर र भक्तपुरमा संयोजक तोकेको छ । उपत्यका विशेष प्रदेश कमिटीको आज बसेको बैठकले काठमाडौंका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारलाई संयोजक तोकेको हो ।

आजको बैठकले विशेष प्रदेश मातहतका मजदुर, पेशागत, युवा तथा विद्यार्थी र उद्योग व्यवसाय कमिटीलाई परिचालन गर्ने निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू