काङ्ग्रेस जिल्ला सभापति चढेको जीप दुर्घटना,जेठा छोराको मृत्यु

काङ्ग्रेस जिल्ला सभापति चढेको जीप दुर्घटना,जेठा छोराको मृत्यु

नेपाली काङ्ग्रेस बझाङका सभापति चढेको जीप दुर्घटना भएको छ । सभापति खड्ग बोहरा र उनको परिवार सवार जीप दुर्घटना हुँदा जेठा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जीप दुर्घटनामा सभापतिका जेठा छोरा बिनोद बोहराको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुप प्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो ।

घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गए राति १२: ४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । नेटवर्क समस्याका कारण घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

टिप्पणीहरू