एमाले अध्यक्ष ओलीलाई आधा घण्टाको फरकमा हेलिकप्टर र जहाज

एमाले अध्यक्ष ओलीलाई आधा घण्टाको फरकमा हेलिकप्टर र जहाज

एमाले अध्यक्ष केपी शर्मा ओली हिजो दिउँसो आधा घण्टाको फरकमा हेलिकप्टर र हवाइजहाज चढेर सर्लाहीबाट नेपालगञ्ज जानुभएको छ । पार्टीको काममा व्यस्त हुनुभएका ओली हिजो मध्यान्ह १ बजे काठमाडौंबाट सिम्रिक एअरको हेलिकप्टरमा सर्लाहीको मलंगवा जानुभयो ।

पार्टी प्रवेश गराउन पाँच जनाको टोली लिएर त्यसतर्फ जानुभएका उहाँ पाँचै जना सदस्य बोकेर पौने पाँच बजे सोही हेलिकप्टरबाट काठमाडौं विमानस्थलमा अवतरण गर्नुभयो । त्यताबाट सोझै नेपालगञ्ज जान लागेको यति एअरलाइन्सको विमान चढ्नुभयो । उहाँसँग पार्टी उपाध्यक्ष विष्णु पौडेल पनि जानुभएको थियो ।

टिप्पणीहरू