स्थानीय निर्वाचनमा उठ्न राजीनामा दिनुपर्ने कि नपर्ने ?
स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्न चाहने बहालरत जनप्रतिनिधिले राजीनामा दिनुपर्ने वा नपर्ने भन्ने बिषयमा आज पनि सर्वाेच्च अदालतमा बहस हुने भएको छ । गत चैत २९ गते जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुध्द निर्वाचन आयोगले हालेको भ्याकेटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले आयोगको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको उक्त मुद्दामा आज यसअघिको अन्तरिम आदेशमाथि छलफलका लागि दुबै पक्षलाई डाकिएको छ ।
उक्त मुद्दाको सुनुवाई न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासमा हुँदैछ ।
निर्वाचन आयोगले जनप्रतिनिधिले पुन: उठ्न राजीनामा दिनुपर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा भ्याकेटको निवेदन दर्ता गराएको छ । आयोगले तत्काल अन्तरिम आदेश खारेज हुनुपर्ने जिकीरसमेत गरेको छ ।
तर,सर्वोच्चले भ्याकेटसम्बन्धमा छलफल गर्न जनप्रतिनिधिहरुले निर्वाचनअघि राजीनामा दिन नपर्ने यसअघिको आदेशमाथि छलफल गर्न आज दुबै पक्षलाई डाकेको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चैत ७ गते आयोगको आचारसंहिताविरुध्द सर्वोच्चमा रिट दायर गरेका थिए ।
टिप्पणीहरू