११ को जाँच १२ सँग नजुधाउन निर्देशन

११ को जाँच १२ सँग नजुधाउन निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्तादेखि गराउन सबै विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेबाट सञ्चालन हुन गैरहेको कक्षा १२ को परीक्षासँग नजुध्ने गरी ११ को जाँच गराउन सबै विद्यालयलाई भनेको हो ।

यससम्बन्धमा बोर्डले सूचना जारी गर्दै विद्यार्थीले कक्षा ११ को परीक्षाको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र तोकेको मापदण्डअनुरुप हरेक वर्ष जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोही अनुसार गर्न/गराउन निर्देशन दिएको छ ।

शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको अनलाइन रजिष्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको पनि बोर्डले जनाएको छ ।

‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन,मूल्याङ्कन,नतिजा प्रकाशन र प्रमाणीकरणसम्बन्धी कार्यविधि,२०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित विद्यार्थीले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन/शाखा कार्यालयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराइने जानकारी बोर्डले दिएको छ ।

टिप्पणीहरू