जानुका ढकालको एक वर्षको मुख्य काम : जनआस्थाको खण्डन
एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष रुचीमा क्याबिनेटले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा जानुका ढकाललाई बैशाख १७ गते नियुक्त गरेको थियो ।
एक वर्ष हुन लाग्दा उक्त कार्यालयकोे होम पेजमा राखिएका उपलब्धी र प्रमुख गतिविधिमा ढकालबारे जनआस्था साप्ताहिक र डट कममा प्रकाशित समाचारको खण्डन मात्र देखिएको छ । त्योबाहेक उनको नेतृत्वमा प्राधिकरणले एक दुई वटा कार्य अघि बढाएको उल्लेख छ ।
गत असारमा गठित वर्तमान सरकारले ढकाललाई हटाउन खोजेको भनिए पनि उनी हटेकी छैनन् । बालुवाटार स्रोतका अनुसार सरकारले हटाउन खोजेपनि राजनीतिक गाँठो परेको छ । उनी खाँटी एमाले अध्यक्ष केपी शर्मा ओलीको खास मान्छे भएकाले पनि हटाउन अप्ठेरो भएको स्रोतको दाबी छ ।
यसअघि ओली सरकारले पनि अन्यत्रका राजदूत हटाउँदा जापान र ओमानको लागि तत्कालीन नेपाली राजदूतलाई हटाएको थिएन । किनभने उक्त देशको राजदूत प्रधानमन्त्री शेरबहादुर देउवाकी सासू प्रतिभा राणा र शर्मिला पराजुली ढकाल थिए ।
अहिले जानुका ढकालको पनि ठ्याक्कै त्यस्तो अवस्था रहेकाले सरकारले आँखा चिम्लिएको भन्ने काँग्रेसीहरु निकै छन् । ओली सरकार हटेपछि उनको सचिवसँग राम्रो सम्बन्ध भएकाले पनि सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीले निच मारेको बताइन्छ । ढकाललाई नियुक्त गर्ने बेलामा पनि तीन जनाको नाम सिफारिस गरेरको देखाएर उनको नियुक्ती भएको थियो ।
प्राधिकरणको वेवसाइटमा एक वर्षअघि नियुक्त विकास आयुक्त ढकालको नियुक्ती सम्बन्धी समाचार छ । त्यसैगरी ९० प्रतिशत काम सकिँदा यस्तो देखियो धोबीखोला करिडोर, बाँकी काम धमाधम हुँदै भनेर उल्लेख गरिएको छ ।
त्यसैगरी स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छौं, प्राधिकरणको लिखित परिक्षाको नतिजा, भक्तपुरमा अवैध प्लटिङ सूचना रेकर्ड, हार्दिक श्रद्धाञ्जली र राष्ट्रिय आयोजना प्रबन्धक पदको अन्तिम नतिजा सम्बन्धी सूचना राखिएको पाइन्छ ।


टिप्पणीहरू