पटक पटक ‘सेक्स’ गर्यो भनेर नालिस गर्ने बालिकाले बयान फेरिन्
आफूलाई अभिनेता पल शाहले जबरजस्ती र पटक पटक बलात्कार गरेको भन्दै तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुर हालेकी किशोरी (तत्कालीन नाबालिग) ले आज बयान फेरेकी छन् । ती किशोरीले आज तनहुँ जिल्ला अदालतमा दिएको बयानमा पहिलेको भन्दा फरक बयान दिएको बताइएको छ ।
जिल्ला अदालतमा दिनभर भएको बकपत्रमा पीडित भनिएकी किशोरीले बयान बदलेकी हुन् । यसअघि उनै किशोरीको उजुरी र अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका झण्डै एक महिनादेखि थुनामा छन् ।
अदालतले आज ती किशोरी र साक्षीको बकपत्र लिएको हो । यसबीच शाहले तनहुँ जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् ।
पीडित भनिएकी किशोरीले अर्काको उक्साहटमा आफूले बलात्कारको बात लगाएको बयान दिएको बुझिएको छ । ती किशोरीले दिएको यसअघिको जाहेरीमा होटल, रिसोर्टको नाम,कोठा नम्बर, बलात्कार भएको दिन र रात, बलात्कार गरिएको पटक सबै खुलाएकी थिइन् । अहिले उनले ती सबै कुरा झुठो भएको बयान दिएपछि पटक पटक गरिएको भनिएको बलात्कारको घटनालाई धेरैले चाखपूर्वक हेर्न र बुझ्ने कोशिस गरेको देखिन्छ ।
टिप्पणीहरू