एमाले बैठक बालकोटमा, गठबन्धनको बालुवाटारमा
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठकमा बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीले जारी गर्ने प्रतिबध्दतापत्रलगायतका विषयमा छलफल गर्न लागिएको बताइएको छ ।
सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास,बालकोटमा साँझ ६ बजे डाकिएको हो । आजै बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक भने पार्टी मुख्यालय,थापाथलीमा बस्न लागेको छ ।
यता सरकारमा संलग्न पाँच दलको बैठक अहिले बिहान ९ बजे बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्न लागेको हो । गठबन्धनको बैठकमा आगामी चुनावमा गरिने तालमेललगायका विषयमा छलफल हुने स्रोतले बताएको छ ।
टिप्पणीहरू