सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरेको एमाले अध्यक्षको आरोप
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । आज पार्टीको चुनावी कार्यक्रमका लागि सोलुखुम्बु पुग्नुभएका उहाँले बालुवाटारमा बसेको बैठकले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको हो ।
‘सत्तारुढ गठबन्धन चुनाव सार्न खोज्दैछ,ओलीले भन्नुभयो, ‘अहिले बसेको सत्तारुढ गठबन्धन बैठकले चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ ।‘
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई आसन्न स्थानीय तह निर्वाचन सार्ने चेष्टा नगर्न चेतावनी पनि दिनुभएको छ । चुनाव सार्न नहुने भने! प्रधानमन्त्रीलाई बारम्बार ध्यानाकर्षण गर्दै आएको उहाँको भनाइ छ । ओलीले भन्नुभयो ‘प्रधानमन्त्रीज्यूलाई मैले यसअघि बारम्बार भनिसकेको छु,आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।‘
यसअघि सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै हालतमा चुनाव नसर्ने स्पष्ट पार्नुभएको थियो ।
टिप्पणीहरू