सल्यानमा पनि गठबन्धनका दलहरु एक्लाएक्लै उठ्ने
सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषय निकै पेचिलो हुँदै गएको छ । महानगर र उपमहानगरपालिकामा केन्द्रीय गठबन्धन कार्यदलले बाँडफाँड टुंग्याउने भनिए पनि आजसम्म उक्त कार्य हुन सकेको छैन ।
जिल्ला र पालिकाहरुमा आफ्नै ढंगले राजनीतिक दलका नेता तथा कार्यकर्ताले धमाधम निर्णय गर्न थालेका छन् । सो क्रममा सल्यानमा पनि आफ्नै खालको निर्णय भएको छ ।
सल्यानमा सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरुले स्थानीय तह चुनावमा पालिकास्तरको पद बाँडफाँड र तालमेलको विषयमा सहमति नभएपछि तालमेल नगर्ने निर्णय गरेका हुन् । उनीहरुले आफ्नै ढंगले निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरे पनि मैत्रीपूर्ण र स्वच्छ वातावरणमा सो कार्य गर्ने सहमति भने गरेका छन् ।
टिप्पणीहरू