यसरी निस्किए चिनियाँ अन्तरिक्षयात्रीहरु
अन्तरिक्षमा छ महिना बसेर हालै पृथ्वीमा फर्केका चिनियाँ अन्तरिक्षयात्रीहरु सकुशल र स्वस्थ देखिन्छन् । चाइ चिगाङ,वाङ यापिङ र ये ग्वाङ्फु चिनियाँ भूमिमा अवतरण गरेको अन्तरिक्षयानको क्याप्सुलबाट बाहिर निस्कँदा स्वस्थ देखिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
उनीहरु अन्तरिक्षमा सन्चौ १३ यानबाट गएका थिए । चिनियाँ अधिकारीहरुले अब चन्द्रमाको सतहमा चिनियाँ अन्तरिक्षयात्रीहरु चीनको भूमिबाट उडेर पुगेको हेर्ने दिन धेरै टाढा नभएको बताएका छन् ।



टिप्पणीहरू