मेयर नपाएपछि कांग्रेसमा लफडा, सभापतिले कार्यकर्तालाई हिंजडा भनेर सरापे

मेयर नपाएपछि कांग्रेसमा लफडा, सभापतिले कार्यकर्तालाई हिंजडा भनेर सरापे

स्थानिय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा नेपाली काङ्ग्रेस मकवानपुरको विवाद सडकमा पोखिएको छ । काङ्ग्रेस वाग्मती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक कार्यक्रममा नेता-कार्यकर्तालाई पार्टी छोडेर जान चेतावनी दिएपछि सुरु भएको विवाद हेटौँडा उप-महानगरको मेयर नपाएसँगै छरपष्ट हुन् थालेको हो ।

गठबन्धन गर्ने तर कतैपनि नछोड्ने अड्डी कसेका काँग्रेस कार्यकर्ताहरुले हेटौँडाको मेयर एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनको निर्णयको विरोधमा मकवानपुरमा दबाबमूलक कार्यक्रम थालिसकेका छन् । केन्द्रीय निर्णयको विरोधमा पार्टी कार्यालयमा तालावन्दीसमेत गरिएको छ । हेटौँडा–२ स्थित जिल्ला पार्टी कार्यालयमा उप-महानगर समितिका पदाधिकारीसहित १९ वटै वडा सभापतिको बैठक चल्दै गर्दा तरुण दलका अध्यक्ष सुनिल गिरीको नेतृत्वमा आएको झन्डै पाँच सय कांग्रेसी कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

कांग्रेस उपमहानगर समितिले हेटौंडाको मेयर पार्टीले नपाए गठबन्ध दलबीच नै मित्रबत प्रतिस्पर्धा गर्ने तर, अडान नछोड्ने निर्णय गरेपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको थियो । तर, हिजो बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले हेटौँडा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि पुन ताला लगाइएको छ ।

ताला तोड्दै जिल्ला सभापतिले भने, नालायक

पार्टी कार्यालयमा ताल्चा झुन्ड्याईएको कुरा जिल्ला सभापति बुद्ध लामासम्म पुग्यो । त्यसपछि दौडिदै कार्यालयतर्फ हन्निएका उनी आईपुग्दा तालाबन्दी भैसकेको थियो । सभापति लामालाई त्यतिबेला रिसको पारो चढ्यो जव उनले आफ्नो कार्यकक्षमा समेत तालाबन्दी देखे ।

आक्रोशित भएका लामा आफैँ ताला तोड्न कस्सिए । ताला फोड्दै उनले पार्टी कार्यालयमा तालाबन्दी गर्दासमेत केही नबोलेको भन्दै त्यहाँ रहेका कार्यकर्तालाई गाली गर्न थाले । कार्यालयमा बसेका कार्यकर्तातर्फ औँलो तेर्स्याउँदै उनले भने, ‘तिमीहरु नालायक हौ !, हिञ्जदा हौ । अब पार्टी कार्यालय आउनु पर्दैन, यहाँ बस्नु पनि पर्दैन !’

रिसमै पत्रकारहरुसँग कुरा गरेका उनले आफ्नो मान्छेले टिकट पाएन भनेर पार्टी कार्यालयमा ताला लगाएइको भन्दै उनीहरुलाई कारवाही गर्ने चेतावनी पनि दिए ।

टिप्पणीहरू