भारतीय ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु, अर्का घाइते
चितवनमा भारतीय नम्बरप्लेटको ट्रकले साइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बीआर ६जीडी८६७२ नम्बरको ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा साइकलमा पछाडी सवार रत्ननगर नगरपालिका १० बस्ने रामबहादुर परियारका छोरा ६ वर्षीय प्रिन्स परियार हुन् । उनलाई उपचारको निम्ति भरतपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार साइकल चालक बारा जीतपुर ६ घर भई हाल रत्ननगर नगरपालिका ९ भानुचोक बस्ने शेख एकवालका १६ वर्षीय छोरा राजा भनिने सौगात अली हुन् । घाइते अलिको टाउको, हात, पेट र ढाडमा चोट लागेको छ ।
उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ । ट्रक चालक भारतको बारबंशी कोतवाली नगर पञ्चायत बंकी ८ घर भएका ३० वर्षीय मोनु कश्यप हुन् ।
टिप्पणीहरू