पत्नी बटुल्ने कमरेडलाई पुरस्कार
कारबाहीको डण्डा बर्साउनुपर्नेलाई पुरस्कृत गर्नकै लागि १० वर्ष सशस्त्र जनयुध्द लडिएको हो ? भन्दै माओवादी कार्यकर्ताले नेतृत्वसमक्ष प्रश्न तेर्स्याउन थालेका छन् ।
उनीहरुले, ‘यही हो सशस्त्र संघर्षको महान् उपलब्धि ?,’भन्दै यौनजन्य तथा घरेलु हिंसामा आरोपित एक विद्यार्थी नेतालाई यसैसाता नेतृत्वको दबाबमा पुरस्कृत गरिएपछि प्रतिप्रश्न गर्न थालेका हुन् । प्रश्न उठेको छ, ‘के माओवादी केन्द्रले बहुविवाह गर्नेलाई प्रोत्साहनको नीति लिएको हो ?’
गत असोजमा सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी) को अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो । तर बाँकी पदाधिकारीको हकमा कार्यसमितिले वैशाख ४ गते मात्रै पूर्णता पाएको छ । क्रान्तिकारीको पदाधिकारी संख्या ४१ छ ।
इन्द्र भुसाल,जीपी मैनाली,तुकमान महरा,मिलन एमसी,लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन् । महासचिवमा दिपेश पुन र कोषाध्यक्षमा भुषण शाही चयन भएका छन् ।
“हिजो बहुविवाह गर्नेहरूलाई भाटे कारवाही गरेका पूर्वमाओवादीको बाटो परिवर्तन भएको हो ? या ठूलाको छहारीमा बसेकाहरूले जति बाटो बिराए पनि तिनलाई केही कारबाही नहुने हो ?”
यसरी उपाध्यक्ष छानिएमध्येका एक हुन्,प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका माहिला छोरा तुकमान । उनीमाथि पत्रकार पत्नीमाथि हिंसात्मक व्यवहार र दुई सन्तानप्रति घोर बेवास्ता गरेको उजुरी छ ।
सर्लाहीतिरकी केटीलाई सँसद सचिवालयमा कार्यरत जनयुध्दकालिन रेडियो पत्रकारमाथि सौता हालेर क्रान्तिकारी नैतिकताको प्रवचन दिने तुकमान अहिले जनप्रतिनिधिको निम्ति भोट माग्न हिंड्ने भएपछि रोल्पा,रुकुमतिर बहुविवाह गर्ने कमरेडहरुमा खुशियाली छाएको बताइन्छ ।
सोही उजुरीका कारण एमाले–माओवादी एकीकृत भएको बेला तत्कालीन अनेरास्ववियुको नेतृत्वबाट उनको नाम काटिएको क्रान्तिकारी एक पदाधिकारी बताउँछन् । ऊ बेला एकीकरणभन्दा अघि पूर्व अखिल क्रान्तिकारीमा उपमहासचिव थिए,तुकमान ।
सर्लाहीतिरकी तामाङ् थरकी युवती च्यापेर बच्चासमेत जन्माई जेठी पत्नीमाथि हिंसा गरेको आरोपमा एकीकृत संगठनको नेतृत्वबाट वञ्चित पर्न–पर्न थालेका उनले यसै सातादेखि संगठनको उपाध्यक्ष पड्काएर अहिले धमाधम फेसबुकमार्फत् बधाई खाएका छन् ।
हिजो बहुविवाह गर्नेहरूलाई भाटे कारवाही गरेका पूर्वमाओवादीको बाटो परिवर्तन भएको हो ? या ठूलाको छहारीमा बसेकाहरूले जति बाटो बिराए पनि तिनलाई केही कारबाही नहुने हो ? भन्दै कार्यकर्ताले सोध्न थालेको सुन्नमा आएको छ ।
टिप्पणीहरू