विश्व स्वास्थ्य संगठनका महानिर्देशकले साढे १२ बजे काठमाण्डौ टेक्ने
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रियसस नेपाल भ्रमणको क्रममा आज दिउँसो मध्यान्ह काठमाडौं आउँदैछन् ।
उनले राष्ट्रपति, प्रधानमन्त्री,राष्ट्रिय सभाका अध्यक्ष तथा स्वास्थ्यमन्त्रीसँग भेट्ने कार्यक्रम छ । उनी कोरोना महामारीमा नेपालले गरेको रोकथाम प्रयासबारे जानकारी लिन आउन लागेका हुन् ।
टेड्रोस इथियोपियाका भूतपूर्व विदेशमन्त्री थिए । सन् २०१७ देखि संगठनको महानिर्देशक छन् ।
टिप्पणीहरू