राष्ट्रपति भण्डारी आज साँझ एभरेष्ट होटलमा जाने

राष्ट्रपति भण्डारी आज साँझ एभरेष्ट होटलमा जाने

राष्ट्रपति विद्यादेवी भण्डारी आज बेलुकी होटलमा आयोजना गर्न लागिएको एउटा धार्मिक कार्यक्रममा सहभागी हुनुहुनेछ ।

मुस्लिम धर्मावलम्वीहरुको पवित्र महिना रमदानको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी हुन लाग्नुभएको हो । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा मुस्लिम समुदायद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ जान लाग्नुभएको स्रोतले बताएको छ ।

कार्यक्रम साँझ साढे ५ बजेपछि आयोजना गर्न लागिएको छ ।

टिप्पणीहरू