खडक नगरपालिकामा प्रचण्ड र माधव मिलेर जाने

खडक नगरपालिकामा प्रचण्ड र माधव मिलेर जाने

सप्तरीको खडक नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेलको हुने भएको छ । सत्ता साझेदार पाँचै दलबीच तालमेलको सहमति हुन् नसकेका ठाउँमा गठबन्धनभित्रैका दलहरु मिलेर जानसक्ने निर्णय बमोजिम त्यहाँ दुई पार्टीले आपसी सहमति गरेका हुन् ।

सहमतिअनुसार नगरपालिकाको मेयर माओवादी केन्द्रले पाएको छ भने समाजवादीले उपमेयर लिएको छ । माओवादीबाट जयप्रकाश चौधरी मेयरको उम्मेदवार बनेका छन् । उपमेयरमा समाजवादीको तर्फबाट शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सारिएको छ ।

त्यस्तै, नगरपालिकाका १२ वटा वडामध्ये १० वटामा तालमेल र दुई वटामा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् । जसअनुसार माओवादी केन्द्रले वडा नम्बर १, २, ६, ८ र १० तथा समाजवादीले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडाध्यक्षको उम्मेदवारी दिने सहमति जुटाएका छन् । वडा नम्बर ३ र ९ मा भने छुट्टा–छुट्टै उम्मेदवारी दिने छन् ।

दुबै पार्टीका पार्टीका नगर नगर कमिटी अध्यक्षद्धारा जारी संयुक्त विज्ञप्तिमा परिवर्तन विरोधी शक्तिलाई चुनावबाट परास्त गर्न परिवर्तनकारी शक्तिहरुबीचको महागठबन्धनको भावनाअनुसार तालमेलको निर्णय भएको जनाइएको छ ।

त्यस्तै, नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले तालमेल गरी जाने सहमति भएको जनाएको उल्लेख गर्दै चुनावी कार्यक्रम र प्रचार प्रसारदेखि मतदान गर्न/गराउन दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।

टिप्पणीहरू