अब बलात्कारीलाई नपुंशक बनाइने
पेरु सरकारले बलात्कारीविरुध्द कठोर कानुन ल्याउन लागेको छ । तीन वर्षीया बालिकाको बलात्कार काण्डले देशव्यापी आक्रोश बढिरहेका बेला त्यहाँको सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन (यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग) लाई अनुमति दिने विधेयक पेश गर्न लागेको हो ।
न्यायमन्त्री फेरलिक्स चेरोले नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपंशुक बनाइने बताए । सामाजिक रूपमा रूढिवादी र विद्यालयको पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विधेयकको समर्थन गरेका छन् । बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताए ।
‘हामीलाई आशा छ कि संसदले यो विधेयक अनुमोदन गर्नेछ’, क्यास्टिलोले यसै साता भनेका थिए ।
विधेयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज,पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले भने विधेयकको आलोचना गरेका छन् ।
टिप्पणीहरू