बिस्फोटपछि गृहमन्त्रीको मौखिक, उद्योगमन्त्रीको भौतिक निर्देशन
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू अक्सिजन प्लान्टमा भएको सिलिन्डर बिस्फोटपछिको अवस्था बुझ्न पाटन औध्योगिक क्षेत्र पुग्नुभएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्यायसहित मन्त्रीको टोली केही बेरअघि घटनास्थल पुगेको हो ।
आज बिहान ग्याँस भर्ने क्रममा सिलिण्डर पड्किँदा एक जना भारतीय नागरिकको ज्यान गएको छ । साथै अन्य छ जना घाइते भएका छन् । बिष्फोटबाट झण्डै २५ करोड रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको अनुमान गरिएको छ ।
अहिले नेपाल प्रहरीको विपद उद्धार टोलीले क्षतविक्षत मृतकको शव संकलन गरिरहेको छ । शवको टुक्रा करिव ९० मीटर टाढासम्म फेला परेको प्रहरीले जनाएको छ ।
यसअघि गृहमन्त्री बालकृष्ण खाँणले घटनाको छानबिन गर्न निर्देशन दिनुभएको थियो ।




टिप्पणीहरू