ठूला मिडिया हाउसमा सम्झौता हुन थाल्यो
कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवि पत्रकारका समस्या समाधान गर्दै त्यहाँ कार्यरत पत्रकार दीपा दाहालको पुनस्र्थापना हुने सम्बन्धमा व्यवस्थापनले सम्झौता गरेको छ । दाहालको पुनस्र्थापना र श्रमजीवि पत्रकारको माग समाधान गर्नुपर्ने भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ तथा कान्तिपुर टेलिभिजन व्यवस्थापनबीच आज सहमति भएको हो ।
सहमतिअनुसार टेलिभिजनमा कार्यरत पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक आगामी असार मसान्तसम्म श्रमजीवी पत्रकार ऐनले तोकेबमोजिम बनाइने भनिएको छ । त्यसैगरी पत्रकार परिचयपत्र जारी नभएका पत्रकारहरूको हकमा सूचना विभागबाट प्रदान गरिने परिचयपत्र प्राप्त गर्न आवश्यक वातावरण तयार पार्ने र हटाइएकी पत्रकार दाहालका माग सम्बोधन गर्न व्यवस्थापन तयार भएको उल्लेख छ ।
उक्त सहमतिमा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी, कान्तिपुर टेलिभिजनको तर्फबाट परमानन्द खनाल, प्रधान सम्पादक दिलभूषण पाठकलगायतको हस्ताक्षर छ । यसअघि यस्तै खालको सम्झौता नागरिक दैनिकको प्रकाशक नेपाल रिपब्लिक मिडियाले महासंघसँग गरेको छ ।
टिप्पणीहरू