९ महिनामा मुख छोप्ने र हातमा दल्नेमा मात्रै सवा अर्ब खर्च
चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा मास्क र स्यानिटाइजर आयातमा सवा अर्ब बढी खर्च भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातको निम्ति एक अर्ब २२ करोड २९ लाख ३९ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश पठाइएको छ ।
जसमध्ये एक अर्ब आठ करोड ७५ लाख ४० हजार रुपैयाँ बराबरको मास्क र १३ करोड ५३ लाख ९९ हजार रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको हो ।
नेपालले तीन दर्जनभन्दा बढी मुलुकबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात गरेको हो । त्यसबाट राज्यले आठ करोड ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको देखिन्छ ।
सबैभन्दा धेरै मास्क चीनबाट आयात गरिएको छ । चीनपछि डेनमार्कबाट धेरै मास्क आयात गरिएको हो । अन्य देशहरुमा अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हङ्गेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलङ्का, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम, नामिबिया मुख्य हुन् । फेस मास्क खरिद गरेको हो ।
स्यानिटाइजर मुख्य गरेर भारत, युएई, बङ्गलादेश, चीन, इजरायल, जापान, कोरिया, ताइवान, बेलायत र अमेरिकाबाट ल्याइएको छ ।
टिप्पणीहरू