मोदीले पर्सि काश्मिरमा भाषण गर्ने, सुरक्षा व्यवस्था कडा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्सि आइतबार भारतीय जनता पार्टीले आयोजना गरेको एउटा कार्यक्रमलाई सम्बोधन गर्न काश्मिर जाँदै हुनुहुन्छ । छिमेकी पाकिस्तानसँग विवाद रहेको उक्त क्षेत्रमा प्रधानमन्त्री जाने कार्यक्रम भएपछि त्यहाँको सुरक्षा व्यवस्थ निकै कडा बनाइएको छ ।
भारतीय काश्मिरको पालीमा आयोजना गर्न लागिएको आमसभाको निम्ति सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् । हिन्दु अतिवादीहरूसँग निकट सम्बन्ध राख्ने भाजपा र उसका प्रधानमन्त्रीले मुस्लिमहरुको पवित्र महिना रमजानमा काश्मिरको भ्रमण गर्न लागेपछि सुरक्षा सतर्कता बढाइएको हो । काश्मिरमा मुस्लिम समुदायको बाहुल्य छ ।
काश्मिरमा भारत सरकारले तीन वर्षदेखि इन्टरनेट, मोबाइल र सार्वजनिक स्थलमा घुमफिरमा रोक लगाउँदै आएको छ । भारतले कडा कारबाही र सुरक्षा कानुन जारी गरेको कारण तीन वर्षदेखि भारतका उच्च अधिकारीहरू त्यहाँ गएका छैनन् ।
टिप्पणीहरू