अमेरिकी उपसहायक विदेशमन्त्रीले भीआईपी कक्ष प्रयोग गरिनन्
नेपाल भ्रमणमा आएकी अमेरिकी उपसहायकमन्त्रीले स्वेदश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको प्रयोग गरिनन् । हिजो राति दोहा हुँदै स्वदेश फर्केकी अमेरिकी मन्त्री सर्वसाधारणझैँ लाइनमा बसेरी गएको बताइन्छ ।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङको टोली हिजो राति साढे ९ बजे कतार एअरवेजको विमानबाट दोहा गएको हो । हिजै दिउँसो उक्त टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको भ्रमण गरेको थियो ।
अवलोकन भ्रमणको क्रममा अमेरिकी प्रतिनिधि मण्डललाई उपकुलपति प्रा. डा हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको प्राज्ञिकसहित समग्र विषयमा जानकारी गराउनुभएको थियो ।
यसअघि उपसहायक विदेशमन्त्रीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग भेट गरेकी थिइन् ।
टिप्पणीहरू