चीनसँगको व्यापार ६७ प्रतिशतले बढ्यो
अघिल्लो वर्ष नेपाल र चीनबीचको व्यापारमा ६७ प्रतिशतले बढोत्तरी आएको छ । नेपाली सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूतबाट उक्त जानकारी दिइएको हो ।
नेपाली सञ्चारकर्मीसँगको भर्चुअल अन्तक्र्रियामा राजदूत हौ यान्छीले सन् २०२१ मा दुई मुलुकबीचको व्यापारको मात्रामा ६७ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै उक्त परिमाण २ खर्ब ४१ अर्ब २३ करोडभन्दा बढी पुगेका बताउनुभएको हो ।
एक अर्को प्रसंगमा उहाँले नेपालमाथि भएको भनिएको कथित नाकाबन्दी आधारहीन रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यस्ता आरोपमा कुनै सत्यता छैन ।’
टिप्पणीहरू