हिजो अरुले, आज माधव नेपालले
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आज नेपाल कम्युनष्टि पार्टी स्थापना दिवस मनाएकोछ । आज बिहान पार्टी केन्द्रीय कार्यालय, मीन भवनस्थित आलोकनगरमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस मनाउँदै गरिएको छ ।
कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव विजय पौडेल, सचिव जीवनराम श्रेष्ठलगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।
अन्य कम्युनिष्ट पार्टीले हिजो लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस मनाएका थिए ।
टिप्पणीहरू