चन्द्रागिरि नगरपालिकाले साडी बाँड्दै

चन्द्रागिरि नगरपालिकाले साडी बाँड्दै

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा आज महिलाहरुलाई साडी बाडिँदैछ । निर्वाचनको २० दिन अगाडि नगरपालिकामा महिलालाई बाँड्न लागिएको साडिको सम्बन्धमा सबैले आश्चर्य व्यक्त गरेका छन् ।नगरपालिकाको ८ नम्बर वडा कार्यालय, मातातीर्थमा आज दिउँसो २ बजे साडि बाँड्ने कार्यक्रम राखिएको छ । गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको र भोलि उम्मेदवारी प्रस्तुत गर्ने कार्यतालिका रहेको समयमा बाँड्न लागिएको साडिको राजनीतिक महत्व रहेको स्थानीयले बताएका छन् ।

वडा नम्बर ८ का वडाध्यक्षले कार्यालयको लेटर प्याडमा हिजो जारी गरेको सूचनामा भनिएको छ, ‘वडा नम्बर ८ को कार्यालयमा साडी पाउँ भनी आवेदन दिनु भएका दिदी बहिनीहरुले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ ।’

टिप्पणीहरू