प्रचण्ड हिजो साँझ बालुवाटार किन जानुभयो ?

प्रचण्ड हिजो साँझ बालुवाटार किन जानुभयो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो साँझ बालुवाटार जानुभएको थियो । केही दिनदेखि त्यहाँ सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक चलिरहेको थियो । तर हिजो साँझ न शीर्ष नेता न कार्यदल कसैको पनि बैठक थिएन । तर पनि उहाँ साँझ ७ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।

झण्डै एक घण्टासम्म त्यहिँ रहनुभएका दाहाल ८ बजेको हाराहारीमा निस्केर खुमलटार आएनुभएको हो । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले करिब ५० मिनेट वार्ता गर्नुभएको स्रोतको दाबी छ ।

हिजोको भेटमा प्रधानमन्त्री देउवा, अध्यक्ष दाहालसँगै गृहमन्त्री बालकृष्ण खाँण पनि सँगै रहनुभएको बताइन्छ । तर, उहाँहरुबीच भएको कुराकानीको विषयबारे बालुवाटार स्रोतले समेत भेउ पाएको छैन ।

टिप्पणीहरू