सहरी विकासमन्त्री झाक्री अमेरिकामा
सहरी विकासमन्त्री रामकुमारी झाक्री अमेरिका जानुभएको छ । उहाँ हिजो साँझ त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रीले अमेरिकामा रहँदा न्यूयोर्कस्थित यूएन ह्याबिट्याटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । सम्बोधनको कार्यक्रम आगामी बुधबारलाई राखिएकोे छ ।
मन्त्रीसँगै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्यम कुमार मैनाली र सोही विभागका उपमहानिर्देशक दिलीप भण्डारी पनि त्यसतर्फ जानुभएको छ । उहाँहरु आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।
टिप्पणीहरू