प्रमुख निर्वाचन आयुक्तले साढे ४ बजे बोल्ने
निर्वाचन आयोगले आज साँढे ४ बजे पत्रकार सम्मेलन डाकेको छ । सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तहरुको उपस्थिति रहने बताइएको छ ।
आजको पत्रकार सम्मेलनामा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले भोलि र पर्सि हुने उम्मेदवारको मनोननयनको विषयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुने जानकारी दिइएको छ ।
यो बाहेक आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका अन्य विषयमा पनि जिज्ञासा राख्न सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू