काँग्रेस पूर्वसांसद आचार्यको निधन
नेपाली काँग्रेसका पूर्वसांसद विष्णुराज आचार्यको आज निधन भएको छ । ७४ वर्षीय आचार्यको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो ।
आचार्य २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
मृतक आचार्यका श्रीमती र तीन छोरी छन् ।
टिप्पणीहरू