अमेरिकी सांसदहरु किन गए गोदावरी ?
नेपाल भ्रमणमा आएको अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल आज बिहानदेखि राजनीतिक भेटघाटमा व्यस्त भएको छ । पहिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र त्यसपछि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर उनीहरुले नेपाल भ्रमणको शुरुआत गरेका हुन् ।
आजै दिउँसो नेपाली सांसदहरुको टोलीसँग पनि अमेरिकी सांसदहरुले भेट गरेका थिए । त्यसपछि दिउँसो सवा ३ बजे उक्त प्रतिनिधिमण्डल ललितपुरको गोदावरी पुगेको हो । उनीहरुले त्यहाँ इसिमोडको कार्यालय भ्रमण गरे ।
अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डलमा सिनेटर क्रिस्टेन गिलब्राण्डको नेतृत्वमा सेल्डन ह्वाइट हाउस,कोरी बुकर र मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्ससहित पाँच जना सांसद र १६ जना अन्य कर्मचारी छन् ।
टिप्पणीहरू