अमेरिकी सांसदहरुसँग भेटघाट गर्ने टोलीमा सबै दलका सांसद

अमेरिकी सांसदहरुसँग भेटघाट गर्ने टोलीमा सबै दलका सांसद

हिजोदेखि नेपाल भ्रमणमा आएको अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डलसँग आज दिउँसो नेपाली सांसदहरुले पनि भेटवार्ता गरेका छन् । पहिले बिहान ११ बजेको लागि तय गरिएको भेटघाट एक घण्टापछि धकेलिएको थियो ।

प्रतिनिधिमण्डल बसेको नागपोखरीस्थित होटल मेरिएटमा नेपालका सांसदहरु डा.मीनेन्द्र रिजाल,नेकपा एमालेका सांसद नवराज सिलवाल,बिन्दा पाण्डे, नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत,सत्य पहाडी,नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, बिन्दा पाण्डेलगायत भएको बताइएको छ ।

सांसदहरु होटलमा १२ बजे पुगेर साढे १ बजे निस्किएका थिए । अमेरिकी टोलीमा सिनेटर क्रिस्टेन गिलब्राण्डको नेतृत्वमा सेल्डन ह्वाइट हाउस,कोरी बुकर,मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्ससहित पाँच जना सांसद छन् । भेटघाटमा नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीको पनि उपस्थिति थियो ।

टिप्पणीहरू