उम्मेदवारी दर्ताअघि मेयरले चलाएको गाडीको ठक्करबाट वडाध्यक्षको करङ भाँचियो
धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले चलाएको गाडीको ठक्करबाट वडाअध्यक्ष घाइते भएका छन् । ब्याञ्जुले चलाएको गाडीले शंखरापुर नगरपालिका २ का वडाध्यक्ष जीवन लामा घाइते भएका हुन् ।
बनेपाबाट ब्याञ्जुले चलाएको बा. ७ च ६२५४ नम्बरको सवारी साधनले धुलिखेलबाट आउँदै गरेको बा. २ प ६४०१ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई धुलिखेलको मीराबेल चोकमा ठक्कर दिएको बताइन्छ ।
गाडीको ठक्करबाट घाइते वडाध्यक्ष लामालाई काठमाडौं मेडिकल कलेजमा ल्याएर उपचार थालिएको छ ।
यता घाइते लामाको परिवारले घाइतेको उपचारमा धुलिखेल अस्पतालले बेवास्ता गरेकाले थप उपचारको निम्ति काठमाडौं आउनुपरेको बताएका छन् । उनीहरुले वडाध्यक्ष लामाको करङको हड्डी भाँचिएको बताए ।
टिप्पणीहरू