एमालेबाट कहाँ कहाँ,को को भिड्दै ?
नेकपा एमालेको सचिवालय बैठकले भर्खरै मेयर र उपमेयरका उम्मेदवारको अन्तिम नामावली तय गरेको छ । जसअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल,ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य तथा पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ छानिएका छन् ।
त्यसैगरी भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खाली तथा वीरगञ्जको मेयरमा विजय सराबगी र उपमेयरमा खाली राखिएको छ । बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबै अझै टुंगो लाग्न बाँकी रहेको भनिएको छ ।
त्यसैगरी उपमहानगरपालिकाका मेयर र उपमेयरतर्फ धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारु, नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल, तुलसीपुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी, घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीको नाम छानिएको छ ।
सचिवालयले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम खड्का र उपमेयरमा साबित्रादेवी अर्याल,हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले,धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बु तथा इटहरी उपमहानगरपालिकाको मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगिता चौधरीको नाम अनुमोदन गरेको हो ।
कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयर खाली राखिएको छ । आजको बैठकले जनकपुर उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार तोकेको छैन । भोलिसम्म पर्ने अन्य दलका उम्मेदवारको छनक हेरेर नाम चयन हुने बताइएको छ ।
टिप्पणीहरू