अष्ट्रेलियाबाट गोविन्दराजका छोरा जिताउन चन्दा संकलन

अष्ट्रेलियाबाट गोविन्दराजका छोरा जिताउन चन्दा संकलन

नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीका छोरालाई चुनावमा जिताउन अष्ट्रेलियाबाट चन्दा संकलन थालिएको छ । दीपकराज जोशीलाई जिताउन सामाजिक सञ्जालमा जोशी जिताउ अभियान नै चलाइएको हो ।

दीपकका भाइ दिनेशराज जोशी एमालेसङ्ग तालमेल मिलाएर तनहुँको सदरमुकाम ब्यास नगरपालिकाको मेयरमा उठ्दैछन् । दिनेशका भाइ अष्ट्रेलियामा नेपाली काँग्रेसका चल्तापुर्जा नेता हुन् । उनी अष्ट्रेलिया काँग्रेसको संस्थापकसमेत थिए । अहिले एनआरएन ओसेनियाको संयोजक छन् ।

उनले दाजुको चुनावी अभियानका नाममा पैसा उठाएको अरु काँग्रेसीले बताए । दीपक गोविन्दराज जोशीका जेठा छोरा हुन् भने दिनेश कान्छो ।

पैसा उठाउने अभियानमा लेखिएको छ, ‘अब आउने चुनावमा अहिलेदेखि नै पैसा बाँड्ने,तेल बाँड्ने काम शुरु भएको सुन्नमा आएको छ । पैसामा भोट किनेर तपाईंको सपना बेच्नेहरुलाई यसपाली पराजित गर्नुहोला ।’ अझै अगाडि लेखिएको छ,‘हामीले नै विगतका चुनावहरुमा पैसामा बिकेर असक्षम नेतालाई जिताई पठायौं । तिनीहरुले आयोजना गरेका भोजभतेरमा सरिक भएर तिनीहरुलाई नै मतदान गर्यौँ ।’

पैसा दिन चाहनेले इ-सेवा वा फोन पे र प्रभु बैंकस्थित दीपकराज जोशीको खातामा पैसा जम्मा गर्न सकिने भनेर फोन नम्बर र खाता नम्बरसमेत दिइएको छ ।

टिप्पणीहरू