भीम रावलको जिल्लामा सबै दल सिंगल सिंगल भिड्ने

भीम रावलको जिल्लामा सबै दल सिंगल सिंगल भिड्ने

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुले तालमेलको प्रयास गरे पनि अन्ततः छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएका छन् ।

जिल्लामा रहेका सत्तारुढ तीन दलले एक्लै तर मैत्रीपूर्ण तवरले चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् । त्यसरी निर्णय गर्ने दलहरुमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) छन् ।

हिजो सार्वजनिक गरिएको र नेपाली काँग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, नेकपा माओवादीका केन्द्रीय सदस्य शरदसिंह भण्डारी,नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शंकर भण्डारीद्वारा संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा जिल्लास्थित कार्यदलमा पटक पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दैै तीनै वटै सत्ता साझेदार दलको मर्यादालाई ख्याल गरिएको व्यहोरा लेखिएको छ ।

काँग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने चाहना देखाएको र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी स्थानीय तहको नेतृत्व मागेको कारण तालमेल हुन नसकेको उनीहरुको आरोप छ । नेकपा एमालेले भने कसैसँग तालमेल नगर्ने भन्दै एक्लै प्रतिस्पर्धा गर्ने योजना बनाएको छ ।

टिप्पणीहरू