‘चरी’ की प्रेमिका खुस्बुका बाबु एमाले छाड्नासाथ पुरस्कृत

‘चरी’ की प्रेमिका खुस्बुका बाबु एमाले छाड्नासाथ पुरस्कृत

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको कन्काई नगरपालिकामा एमाले छोडेका श्यामसुन्दर ओली राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । राप्रपाले उनलाई मेयरको टिकटसहित पार्टीमा स्वागत गरेको हो ।

राप्रपामा प्रवेश लगत्तै मेयरमा पत्याइएका श्यामसुन्दर एमाले अध्यक्ष ओलीनिकट भनेर चिनिएका धादिङका चर्चित डन दिनेश अधिकारी “चरी”की प्रेमिका खुस्बु ओलीका बाबु हुन् । चरी २०७१ साउन २१ मा भीमढुंगामा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

वामदेव गौतम गृहमन्त्री भएका बेला एमालेकै पुष्कर कार्की र मीरा चौधरीको टीमले उनलाई इन्काउन्टरमा पारेको चर्चा थियो । ओलीनिकट एमाले नेताहरुले त्यतिबेला संसदमा समेत चरीको हत्यालाई लिएर चर्को विरोध गरेका थिए ।

टिप्पणीहरू