ललितपुरमा गठबन्धन भाँडियो, महानगरमा समाजवादीले मेयर र उपमेयर तोक्यो

ललितपुरमा गठबन्धन भाँडियो, महानगरमा समाजवादीले मेयर र उपमेयर तोक्यो

सत्तारुढ पाँच दलीय गठबन्धनको सहमति ललितुरमा भाँडिएको छ । जिल्लाका सबै स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भागबण्डा गरेर नेकपा एकीकृत समाजवादीलाई एक्लाएपछि उक्त सहमति संकटमा परेको हो ।

भर्खरै भएको निर्णयानुसार ललितपुर महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले हरिकृष्ण थापालाई मेयर र कृष्णा बज्राचार्यलाई उपमेयरमा उठाउने भएको छ । समाजवादीले गठबन्धनको सहमतिभन्दा पृथक हुने गरी बागी उम्मेदवार उठाउने निर्णय गरेपछि ललितपुरमा गठबन्धन भत्किएको हो ।

नेकपा एकीकृत समाजवादी ललितपुरका सहइञ्चार्ज अमृत तिमिल्सिनाले बागमती प्रदेशको नाममा भएको ललितपुरको अपवित्र गठबन्धनलाई गलत निर्णयको संज्ञा दिनुभएको छ । उहाँले त्यसैको विरोध र प्रतिकारस्वरुप बागी उम्मेदवार उठाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

एकीकृत समाजवादीले जिल्लाका अरु पाँच वटा स्थानीय तहमा पनि आज साँझसम्म उम्मेदवार तय गर्ने र भोलि सबै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ ।

टिप्पणीहरू