३ दिन भने पनि अमेरिकी सांसदहरुको कार्यक्रम एकै दिनमा सकियो

३ दिन भने पनि अमेरिकी सांसदहरुको कार्यक्रम एकै दिनमा सकियो

नेपालको तीन दिने भ्रमणमा भारत हुँदै वायुसेनाको जहाजबाट आएको अमेरिकी सांसदहरुको टोली हिजो बिहान सबेरै कतारको दोहा रुटबाट फर्केको छ । शुक्रबार साँझ काठमाडौं ओर्लेको उक्त टोली शनिवार विभिन्न राजनीतिक भेटघाटसहितको कार्यक्रम सकेर आइतबार बिहान काठमाडौंबाट हिँडेको हो ।

शनिबार विहान परराष्ट्रमन्त्री, प्रधानमन्त्री र नेपाल–अमेरिका संसदीय समितिका सांसदहरुसँग भेट गरेको उक्त टोली दिउँसो ललितपुरको गोदावरी गएको थियो ।

गोदावरीमा इसिमोडको कार्यालय हाताभित्र जैविक विविधतायुक्त जंगल क्षेत्रको भ्रमण गरेको टोली केही बेर स्थानीय भेगमा हिँडेको थियो । त्यसपछि साँझ अमेरिकी दूतावासका उच्च अधिकारीहरुसँग भेटघाट गरेको टोली शुक्रबार आएझैँ हिजो बिहान अमेरिकी वायु सेनाको विमानमा फर्केको हो ।

टोलीमा सांसदहरु क्रिस्टिन गिलिब्राण्ड,सेल्डोन ह्वाइट हाउस,कोरी बुकर,मार्क केलीलगायत १६ जना सहभागी थिए । प्रतिनिधिमण्डल नक्सालस्थित होटल मेरियटमा बसेको हो ।

टिप्पणीहरू