बालकोटमा हिजो पनि २ पोखरेलद्वारा अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेट
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुको भेटघाट तारन्तार भइरहेको छ । हिजो पनि एमाले नेताहरु छुट्टाछुट्टै भेटमा सक्रिय थिए ।
सो क्रममा अध्यक्ष ओलीसँग महासचिव शंकर पोखरेलले बिहान पौने ११ बजेदेखि झण्डै एक घण्टा वार्ता गरेर निस्कनुभयो । शंकरपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छिर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै नेता रघुवीर महासेठ पनि देखा पर्नुभएको थियो । उहाँहरुले अध्यक्ष ओलीसँग पौने १२ बजेदेखि दुई घण्टा पौने २ बजेसम्म भेटवार्ता गर्नुभएको अध्यक्षका निजी सचिव राजेश बज्राचार्यले बताए ।
यसअघि अस्ति पनि महासचिव र वरिष्ठ उपाध्यक्ष पोखरेलहरुले अध्यक्ष ओलीसँग यस्तै फरक समय पारेर भेट गर्नुभएको थियो ।
टिप्पणीहरू