रुपन्देही एमालेमा विद्रोह,८० जना बढीले पार्टी छाडे

रुपन्देही एमालेमा विद्रोह,८० जना बढीले पार्टी छाडे

नेकपा एमाले रुपन्देहीको सैनामैना नगरपालिकामा विद्रोह भएको छ । मेयर र उपमेयर दुवै पदमा पुरानै अनुहार दोहोरिने भएपछि उक्त अवस्था सिर्जना भएको हो ।

हिजो दिउँसो मेयरमा चित्रबहादुर कार्की र उपमेयर पदका लागि पुनः बीना रानालाई दोहोर्याउन खोजिएपछि पार्टी छाड्नेको लर्को लागेको छ । हिजो राति ११ बजेसम्म एक सय बढीले एमाले छाडेको बताइएको छ । तर आधिकारिकरुपमा ५५ जनाले पार्टी छाडिसकेका छन् ।

पार्टी छाड्नेमा एमाले प्रदेश कमिटी सदस्य खुशीराम चौधरी,युवा संघ रुपन्देही जिल्ला सदस्य श्री दर्लामी, युवा संघ सैनामैना अध्यक्ष गोपाल खड्कालगायत छन् । आज बिहानसम्म ८० जनाले पार्टी छाडेको आधिकारिक दस्तखत विवरण प्राप्त भएको छ ।

 

 

टिप्पणीहरू