अर्घाखाँचीमा एमालेद्वारा स्वतन्त्र उम्मेदवार मनोनयन अगावै “अपहरित”
अर्घाखाँची,मालारानी गाउँपालिका ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिन गएका एक युवालाई एमालेले आज दिउँसो अपहरण गरेको परिवारले आरोप लगाएको छ । स्वतन्त्र उम्मेदवारी दिन गएका मोहित विश्वकर्मालाई नेकपा (एमाले) ले अपहरण शैलीमा कब्जामा लिएको बताइएको छ ।
आज दिउँसो खनदहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका विश्वकर्मालाई एमालेले साँझ ५ बजेसम्म कब्जामा लिएर उम्मेदवारी दिनबाट रोकेको हो ।
उम्मेदवारी दिन भनेर गएको समयमा नेकपा (एमाले) खनदह कमिटी अध्यक्ष बलराम भुसालसहितको समूहले आफूलाई कोठमा थुनेर उम्मेदवारी दिनबाट रोक लगाएको विश्वकर्माले फोनमार्फत जानकारी दिएका छन् ।
‘म स्वतन्त्र उम्मेदवारी दिन यहाँ आएको थिएँ,मेरो फाइल तल छ । तर मलाई बलाराम दाइहरुले उम्मेदवारी दिनबाट रोकेर माथि कोठामा राख्नुभएको छ,’ विश्वकर्माले फोनमा भने, ‘म उम्मेदवारी दिन चाहन्छु तर यहाँहरुले रोक्नुभएको छ, अब मेरो उम्मेदवारी दर्ता हुन्न होला मैले राजश्व तिर्न समेत पाएको छैन ।’

यसबारे एमालेका स्थानीय नेतासँग बुझ्न खोज्दा अध्यक्ष भुसालले विश्वकर्मा आफ्नो पार्टीको सदस्य भएको र पार्टीमा राजीनामा नदिई उम्मेदवारी दिन आएकाले नियन्त्रणमा लिइएको बताएका छन् ।
पार्टीमा राजीनामा नदिएर उम्मेदवारी दर्ता गर्न पुगेका विश्वकर्मालाई पार्टीको विधानअनुसार कारबाही गर्नुपर्नेमा अपरणशैलीमा नियन्त्रणमा राख्नु कानुन विपरीत देखिएको छ ।
टिप्पणीहरू