एमालेले अध्यक्षमा उठ्नु भनेका उम्मेदवार अन्ततः उपाध्यक्ष
अस्ति बिहान १० बजेबाट शुरु भएको स्थानीय तह निर्वाचनमा मनोनयनको समय हिजो साँझ ५ बजे सकिएको छ जबकि आज बिहान ४ बजेसम्म दर्ता प्रक्रिया जारी थियो । मुलुकभरका सात सय ५३ वटा स्थानीय तहमा एक लाख १८ हजारभन्दा बढी उम्मेदवारी परेको छ ।
हिजो मनोनयन दर्ता गर्ने क्रममा ठाउँ ठाउँमा गज्जबका घटना भएका छन् । कहिँ स्वतन्त्र उम्मेदवार बन्न गएका एक जना पार्टी कार्यकर्तालाई एमालेका स्थानीय नेताले साँझ ५ बजेसम्म थुनेर रोकेको आरोप लागेको छ । कहिँ सत्ता गठबन्धनका उम्मेदवारविरुध्द बागी उम्मेदवार उठेका छन् ।
उता मनाङको नार्पाभूमि गाउँपालिकामा भने अध्यक्षमा उठ्न दिइएको निर्देशनलाई एमालेका एक जना उम्मेदवारले उल्लंघन गरेका छन् । नेकपा एमाले प्रदेश कमिटीले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन पठाएका ज्यापले गुरुङ्गले एकाएक उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । अध्यक्षमा अरुले पनि उम्मेदवारी दिएकाले उनले कसैले पनि उम्मेदवारी नदिएको उपाध्यक्ष पदमा आवेदन हालेर हिजै निर्विरोध भएका छन् ।
टिप्पणीहरू