चीनमा छुट्टै विशेषताको विश्वविद्यालय

चीनमा छुट्टै विशेषताको विश्वविद्यालय

चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ विश्वविद्यालयलाई अझ बढी चिनियाँ विशेषतायुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राजधानी बेइजिङस्थित चीनको जनविश्वविद्यालय (रनमिन युनिभर्सिटी) भ्रमणका क्रममा अधिकारीहरुलाई उक्त निर्देशन दिनुभएको हो ।

कम्युनिष्ट पार्टीको महासचिव समेत रहनुभएका सीले अन्य क्षेत्रमा झैँ शैक्षिक क्षेत्रलाई पनि अझ बढी चिनियाँ विशेषतायुक्त बनाउनुपर्ने समय आएको उल्लेख गर्नुभएको हो ।

राष्ट्रपतिले भन्नुभयो, ‘पार्टी नेतृत्वको धारणालाई पछ्याउन र विश्वविद्यालयहरू सञ्चालन गर्ने क्रममा चीनको क्रान्तिकारी परम्परालाई अझ बढी कार्यान्वयन गर्नुपर्ने देखिएको छ । साथै चिनियाँ विश्वविद्यालयहरुलाई विदेशी मापदण्ड र मोडलको नक्कलबाट जोगाएको अवस्थामा मात्र चिनियाँ विशेषता देखिनेछ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू